श्रीलङकाद्धारा किर्तीमानी लक्ष्य पुरा, बलियो अवस्थामा पनि जिम्वावे हार्यो

जिम्वावे र श्रीलंका विचको एकमात्र टेष्ट खेल श्रीलंकाले चार विकेटले जितेको छ ।

कोलम्बो स्थित प्रेमदाशा क्रिकेट मैदानमा जिम्वावेले दिएको तीन सय ८८ रनको लक्ष्य श्रीलंकाले ६ विकेट गुमाउदै पुरा गरयो । जुन श्रीलंकाका लागि किर्तीमानी जित हो । अहिलेसम्म न त जिम्वावेले श्रीलंकालाई टेष्ट यति ठुलो लक्ष्य दिएको थियो । नत श्रीलंकाले विपक्षी विरुद्ध यती ठुलो लक्ष्य चेज गरेको थियो । श्रीलंकाका जितमा निरोशन डिकवेलाले ८१ तथा असेला गुनरत्नेले ८० रन बनाउदै टिमलाई जितको बाटो देखाए । यो बाहेक कुसल मण्डीसले ६६ रन जोडे ।

यसअघि जिम्वावेले पहिलो पारीमा क्रेग एरभिनको एक सय ६० रनको मद्दतले तीन सय ५६ रन बनायो । जवाफमा श्रीलंकाले पहिलो पारीमा तीन सय ४६ रन बनायो । उसका लागि उपल थरङगाले ७१ तथा दिनेश चण्डीमलले ५१ रन बनाए । दोस्रो पारीमा जिम्वावले सिकन्दर राजाको एक सय २७ रनको मद्दतले तीन सय ७७ रन बनाउदै श्रीलंकालाई बलियो लक्ष्य दिएको थियो । तर सो लक्ष्य श्रीलंकाले अन्तिम दिनमा पुरा गर्न सफल भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest