अफगान विरुद्ध के होला नेपालको अवस्था, विश्वकपमा स्थान बनाउन अफगानलाइ हराउनैपर्ने

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट एशिया क्षेत्र अन्तर्गत नेपालले महत्वपुर्ण खेलमा भोली बलियो प्रतिद्धन्द्धी अफगानिस्तानसंग खेल्दैछ ।

सिंगापुरमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अफगानिस्तान दुबै अपराजित टिम हुन । एशिया क्षेत्रबाट विश्वकपमा स्थान बनाउन भोलीको निर्णायक हुनेछ । किनकी भोलीको विजेताले सोझै विश्वकप खेल्न पाउनेछ । तर नेपालले अफगानिस्तान विरुद्धको खेलमा ब्याटिङमा सुधार गर्न निकै आवश्यक रहेको छ । यो कमजोरीलाई प्रशिक्षक विनोद दाशले पनि राम्रोसंग मनन गरेका छन ।

जसका कारण भोली ब्याटिङलाइनअपमा केहि परिवर्तन हुनसक्ने प्रशिक्षकको भनाई छ । तर पिचको कन्डिसन हेरेर टिम तयार पार्ने उनले बताएका छन । प्रतियोगितामा अफगानिस्तान र नेपालको समान चार चार अंक भएपनि रन रेटका आधारमा अफगानिस्तान शिर्ष स्थानमा छ ।

समुहमा नेपालले पहिलो खेलमा सिंगापुरलाई चार विकेटले हराउदा मलेसियालाई पाच विकेटले पराजित गरेको थियो । यता अफगानिस्तानले मलेसियालाई आठ विकेट र सिंगापुरलाई सात विकेटले पराजित गरेको थियो । नेपाल र अफगानिस्तान उमेर समुहमा सात पटक खेलेका छन । जसमा नेपालले चार खेल हारेको छ भने तीन खेल जितेको छ ।

Nepal U19

अन्तिम पटक यी दुई टिम २०१५ मा भएको एसीसी अन्डर नाइन्टिन प्रिमियरमा भिडेका थिए । जसमा नेपाल १० विकेटले पराजित भएको थियो । त्यसैले पनि भोली नेपालका लागि दोहोरो सफलता चाख्ने मौका हुनेछ । प्रतियोगितामा बलिङका हिसावले पनि अफगानिस्तान राम्रो टिम रहेको छ । युसुफ जाजाई र जाहिर खान जसले अफगानिस्तानलाई जित दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । भोली उनिहरुको प्रदर्शनले पनि निकै फरक पर्नेछ । नेपालबाट पनि सन्दिप लामिछाने तथा पवन सराफ मुख्य हतियार हुनसक्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest