डच टिमबाट कसले बनाए यस्तो किर्तीमान जो अहिलेसम्म क्रिकेटमा सुनिएको थिएन ।

विश्व क्रिकेटमा हामीले बिभिन्न किसिमका किर्तीमान बनेका निकै देखे सुनेका छौ । त्यसमा धरैजसो किर्तीमान खेलाडी खेलेर ब्यक्तिगत रुपमा बनाएका धेरै छन । यतिमात्र होइन विश्व क्रिकेटमा जुम्ल्याहा दाजुभाइले पनि एकैपटक क्रिकेट खेलेको हामीले देखेका छौ ।

तर नेदरल्याण्ड्सका तिम्ल्याह दाजुभाइले यस्तो किर्तीमान बनाए जुन अहिले चर्चाको विषय बनेको छ । युएईविरुद्ध तिम्ल्याहा दाजुभाइले एकैपटक क्रिकेट खेलेर नया किर्तीमान बनाएका छन । डच खेलाडी सिकन्दर असाद र सकिव जुल्फिकरले युएईविरुद्ध खेलेका हुन्। त्यसै खेलमा डेब्यु गरेका २० वर्षीय असादले १५ रन तथा सकिवले ११ रन बनाए। त्यसअघि नै नेदरल्याण्ड्सबाट खेलिसकेका अनुभवी सिकन्दरले ४१ रन बनाए। तिम्ल्याहा खेलाडीले खेलेर किर्तीमान बनाएपनि डच टिमले खेल भने जित्न सकेन । डच टोलीले दिएको १ सय ८३ रनको लक्ष्य युएईले ६ बल बाँकी छदै सात विकेट गुमाएर पूरा गर्यो ।

यसअघि विश्व क्रिकेटमा जुडुवा दाजुभाइले एकै टिमबाट खेल्नेमा अष्ट्रेलियाका मार्क र स्टिभ वाँ, अष्ट्रेलियाकै एलेक्स र केट ब्ल्याकवेल, न्यूजिल्याण्डका हमिस र जेम्स मार्सल तथा न्यूजिल्याण्डकै एलिजाबेथ र रोस सिगनल तथा इंगल्याण्डका एलेक्स र एरिक बेडसर, छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest