अष्ट्रेलियालाइ हराउदै भारत महिला विश्वकपको फाइनलमा

आइसीसी महिला विश्वकपको उपाधिका लागि भारत र इग्ल्याण्ड भिडने भएका छन । गएराति भएको दोस्रो सेमिफाइलनमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराउदै फाइनलमा पुग्न सफल भयो ।

इग्ल्याण्डको काउन्टी क्रिकेट क्लवमा बर्षाका कारण ४२ ओभरमा झारीएको खेलमा पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाउदै दुईसय ८१ रन बनायो । खराव सुरुवात गरेको भारतको पारीमा हरमनप्रित कौरले अविजीत एक सय ७१ रनको पारी खेल्दै टिमलाई सम्हालिन । ६ रनमा पहिलो विकेट गुमाएको भारतले ३५ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि कौर र मिथाइली राजले ६५ रनको साझेदारी गरेका थिए । त्यसपछि चौथो विकेटका लागि कौर र दिप्ती शर्मा विच एक सय ३७ रनको साझेदारी हुदा भारतले गतिलो लक्ष्य दिन सफल भयो । यो क्रममा कौरले एक सय १५ बलमा २० चौकार र सात छक्का प्रहार गर्दै अविजीत एक सय ७१ रन बनाइन । महिला क्रिकेटमा ब्यक्तिगत ठुलो स्कोर बनाउने खेलाडीमा कौर पाचौ स्थानमा छिन । यस्तै मिथाइली राजले ३६ र दिप्ती शर्माले २५ रन बनाइन ।

जवाफमा अष्ट्रेलिया ४० ओभर एक बलमा दुई सय ४५ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि एलेक्स ब्ल्याकवेलले ९० तथा एस्ले भिलीनीले ७५ र लेसी पेरीले ३८ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । जसका कारण भारतले फाइनलमा स्थान बनाउन सफल भयो । बलिङ तर्फ भारतकी दिप्ती शर्माले तीन तथा झुलान घोस्वामी र शिखा पाण्डेले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest