नेपालले सिङगापुरलाइ १६९ रनको लक्ष्य, पुरै ५० ओभर खेल्न सकेन

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अहिले सिंगापुरलाई एक सय ६९ रनको लक्ष्य दिएको छ ।

पहिलो चरणमा चार विकेटले पराजित गरेको नेपालले आज टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । आजपनि नेपालले सुरुवात भने राम्रो गर्न सकेन । २० रन हुदा पहिलो विकेट गुमाएको नेपालले ३२ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । ७४ रन हुदा चार विकेट गुमाइसकेको नेपालको पारीलाई रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीले सम्हाल्ने प्रयास गरेका थिए । तर रोहित १५ रनमा आउट हुदा नेपालले एक सय १५ रनमा पाच विकेट गुमायो ।

नेपालका लागि सन्दिप सुनारले २६ रन बनाए । त्यसपछि एक सय २८ रन हुदा पवन सराफ आउट भएपछि नेपालले छैटौ विकेट गुमायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे । जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन । तर ब्यक्तिगत ५४ रनमा दिपेन्द्र पनि पेभेलियन फर्किएपछि नेपालले एक सय ४४ रनमा सातौ विकेट गुमायो । पुछारमा आएका प्रकाश केसी पनि २३ रनमा आउट भएपछि नेपालले एक सय ६३ रनमा आठौ विकेट गुमायो ।

Pranit Thapa Magar

लगत्तै अनिल शाह पनि आउट भएपछि नेपालले एक सय ६३ रनमा नै नौ विकेट खेर फाल्यो । अन्तत नेपाल ४६ ओभर पाच बलमा एक सय ६८ रनमा अलआउट भयो । प्रतियोगितामा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्न सकेन । बलिङ तर्फ सिंगापुरका विक्रम विर विश्वरोयले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest