नेपाललाइ सिङगापुरको गतिलो जवाफ, खेल रोमाञ्चक मोडमा

एक सय ७० रनको लक्ष्य पक्ष्याएको सिंगापुरले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । सिंगापुरका ओपनर रोहन रंगाराजन २३ रनमा पेभेलियन फर्किदा सिंगापुरले दोस्रो विकेट ७६ रनमा गुमायो । सिन अग्रवाल २१ रनमा किशोर महतोको बलमा आउट भए ।

त्यसपछि सिद्धान्तलाई पनि सन्दिप लामिछानेले २५ रनमा पेभेलियनको बाटो देखाएपछि नेपालले तेस्रो सफलता हात पारयो । सो बेला सिंगापुरले ८० रन बनाएको थियो । तर त्यसपछि थप १४ रन जोडदा नेपालले सिंगापुरको दुई विकेट झारयो । जसका कारण सिंगापुरले ९४ रनमा पाच विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest