नेपालको तेस्रो जित, सि‌ङगापुर २२ रनले पराजित, सन्दिपले लिए चार विकेट

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरयो ।

पहिलो चरणमा चार विकेटले पराजित गरेको नेपालले आज टस जितेर पहिले ब्याटिङ गर्दै ४६ ओभर पाच बलमा एक सय ६८ रनमा अलआउट भयो । २० रन हुदा पहिलो विकेट गुमाएको नेपालले ३२ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । ७४ रन हुदा चार विकेट गुमाइसकेको नेपालको पारीलाई रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीले सम्हाल्ने प्रयास गरेका थिए । तर रोहित १५ रनमा आउट हुदा नेपालले एक सय १५ रनमा पाच विकेट गुमायो ।

नेपालका लागि सन्दिप सुनारले २६ रन बनाए । त्यसपछि एक सय २८ रन हुदा पवन सराफ आउट भएपछि नेपालले छैटौ विकेट गुमायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे । जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन । तर ब्यक्तिगत ५४ रनमा दिपेन्द्र पनि पेभेलियन फर्किएपछि नेपालले एक सय ४४ रनमा सातौ विकेट गुमायो । पुछारमा आएका प्रकाश केसी पनि २३ रनमा आउट भएपछि नेपालले एक सय ६३ रनमा आठौ विकेट गुमायो । लगत्तै अनिल शाह पनि आउट भएपछि नेपालले एक सय ६३ रनमा नै नौ विकेट खेर फाल्यो । अन्तत नेपाल ४६ ओभर पाच बलमा एक सय ६८ रनमा अलआउट भयो । प्रतियोगितामा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्न सकेन । बलिङ तर्फ सिंगापुरका विक्रम विर विश्वरोयले तीन विकेट लिए ।

Nepal U19

जवाफमा सिंगापुर ४६ ओभर पाच बलमा एक सय ४६ रनमा अलआउट भयो । सिंगापुरले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । सिंगापुरका ओपनर रोहन रंगाराजन २३ रनमा पेभेलियन फर्किदा सिंगापुरले दोस्रो विकेट ७६ रनमा गुमायो । सिन अग्रवाल २१ रनमा किशोर महतोको बलमा आउट भए । त्यसपछि सिद्धान्तलाई पनि सन्दिप लामिछानेले २५ रनमा पेभेलियनको बाटो देखाएपछि नेपालले तेस्रो सफलता हात पारयो । सो बेला सिंगापुरले ८० रन बनाएको थियो ।
तर त्यसपछि थप १४ रन जोडदा नेपालले सिंगापुरको दुई विकेट झारयो । जसका कारण सिंगापुरले ९४ रनमा पाच विकेट गुमायो । तर एक सय ३९ रन हुदा नेपालले सिंगापुरको छैटौ विकेट लिन सफल भयो । हन्सुल दिपलाई ३२ रनमा सन्दिपले पेभेलियन फर्काए । त्यसपछि थप पाच रन जोडदा सिंगापुरले अरु तीन विकेट गुमायो । पुछारका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । सिंगापुरलाई कम स्कोरमा रोक्न सन्दिप लामीछानेले चार तथा पवन सराफ र किशोर महतोले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest