नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरको दाँया हातमा चोट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर सुवास खकुरेल पछिल्लो पटक चोटका कारण आराम गरिरहेका छन ।

जिमका लागि जाँदा आफनो बाइकबाट ओर्लने क्रममा लडेका खकुरेलको दाँया हातमा चोट लागेको थियो । करीव दुई साता अगाडी भएको यो दुर्घटनाका कारण सुवासको र्याडिकल डिस्टलको सल्यक्रिया गरिएको छ । जसका कारण उनको हातमा टाइटानियम प्लेट राखिएको छ ।

सल्यक्रिया पछि डाक्टरले सुवासलाई आठ साताको आराम गर्न निर्देशन दिएको छ । दुर्घटनाका कारण सुवासले ब्यक्तिगत रुपमा खर्च गरेपनि उनलाई सहयोग गर्न खासैले चासो देखाएनन ।

सन् २०१० देखि राष्ट्रिय टिमबाट खेलिरहेका सुवासले सतक पनि प्रहार गरेका छन । विकेटकिपर ब्याट्सम्यान सुवास नेपाली टिमले ट्वान्टी ट्वान्टी विश्वकप खेल्दा महत्वपुर्ण सदस्य रहेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest