भारतलाइ हराउदै इङल्याण्डले चुम्यो चौथो पटक विश्वकपको उपाधि

भारतलाई ९ रनले हराउदै इग्ल्याण्डले आइसीसी महिला विश्वकपको उपाधि जितेको छ । इग्ल्याण्डले विश्वकपको उपाधि जितेको यो चौथो पटक हो ।

लण्डन स्थित लर्डस मैदानमा टस जितेर ब्याटिङ गरेको ५० ओभरमा सात विकेट गुमाउदै दुई सय २८ रन बनायो । ४७ रन हुदा पहिलो विकेट गुमाएको इग्ल्याण्डका लागि लउरेन विनफिल्डले २४ रन बनाइन । त्यसपछि ६० रन हुदा टामे बियोमाउन्ट पनि ब्यक्तिगत २३ रनमा आउट हुदा इग्ल्याण्डले दोस्रो विकेट गुमायो । लगत्तै कप्तान हिथर नाइटपनि पेभेलियन फर्किदा इग्ल्याण्डले ६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

तर चौथो विकेटका लागि सारा टेलर र नाटालिया विच ८३ रनको साझेदारी हुदा इग्ल्याण्डको पारी सम्हालिएको थियो । तर टेलर ४५ रनमा पेभेलियदा इग्ल्याण्डले एक सय ४६ रनमा चौथो विकेट गुमायो । थप एक रन पनि जोडन नपाउदै इग्ल्याण्डले पाचौ विकेट पनि खेर फाल्यो । त्यसपछि इग्ल्याण्डका लागि ब्रन्टले ३४ र गुनले २५ रनको योगदान गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुरयाए । भारतका लागि झुलन घोष्वामीले तीन विकेट लिइन ।

जवाफमा भारत ४८ ओभर चार बलमा दुई सय १९ रनमा अलआउट भयो । पाच रन हुदा नै पहिलो विकेट गुमाएको भारतले ४३ रनमा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि हरमनप्रित कौर र पुनम राउतले ९५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेकी थिइन । एक समय बलियो स्थितीमा रहेको भारतले अन्तिम २८ रन जोडन सात विकेट गुमाउदा पराजित भयो । भारतका लागि पुनम राउतले ८६ तथा कौरले ५१ र भिदा कृष्णमुर्तीले ३५ रन बनाउदा पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भए । भारतलाई कम स्कोरमा रोक्न एनी सर्बसोलले ६ विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest