नेपालको कमजोर ब्याटिङ कायमै, सन्दिप एक्लैले लिए ७ विकेट

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियाबाट ९० रनको लक्ष्य पाएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गरेको मलेसियाले ३५ ओभर एक वलमा अल आउट हुदै ८९ रन बनायो । नेपालले दोस्रो ओभरमा मलेसियाको एक रन हुदा पहिलो विकेट लिएको थियो । उसको ओपनर सैफुल्लाह मल्लिक शुन्यमा पवेलियन फर्किएका थिए । दोस्रो विकेटका लागि विरानदिप सिंह र सायद अजिजले ५८ रनको साझेदारी गर्दै मलेसियाको पारी सम्हाल्ने प्रयास गरेका थिए ।

तर ४६ रन बनाएका सायदलाइ संदिपले आउट गर्दै नेपालललाइ खेलमा फर्काए । विरानदिपले दश रन जोडे । साउनविन्दर सिंहले दश रन जोड्नु बाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहारो अंक छुन सकेनन् । जारी प्रतियोगितामा उत्कृष्ट वलिङ गरिरहेका संदिप एक्लैले सात विकेट लिएपछि मलेसियाको पारी धरासायी बनेको हो । संदिपले नौ दशमलब एक ओभर बल फाल्दै एक मेडन सहित मात्र १३ रन खर्चिए । साहव आलमले दुइ तथा प्रिजन ढकालले एक विकेट लिए ।

जवाफमा नेपालको ब्याटिङ आज पनि खराव रह्यो । १५ ओभरमा ४४ रन बनाउदा नेपालले महत्वपुर्ण पाच विकेट गुमायो । ३० रन हुदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि थप १४ रन जोडदा अरु चार विकेट गुमायो । नेपालका सन्दिप सुनाले १५ तथा अनिल शाहले १२ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest