नेपालको चौथो जित, विश्वकपमा पुग्ने सम्भावना कठिन, ब्याटिङ कमजोर नै

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई पाच विकेटले पराजित गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गरेको मलेसियाले ३५ ओभर एक वलमा अल आउट हुदै ८९ रन बनायो । नेपालले दोस्रो ओभरमा मलेसियाको एक रन हुदा पहिलो विकेट लिएको थियो । उसको ओपनर सैफुल्लाह मल्लिक शुन्यमा पवेलियन फर्किएका थिए । दोस्रो विकेटका लागि विरानदिप सिंह र सायद अजिजले ५८ रनको साझेदारी गर्दै मलेसियाको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर ४६ रन बनँएका सायदलाइ संदिपले आउट गर्दै नेपालललाइ खेलमा फर्काए ।

विरानदिपले दश रन जोडे । साउनविन्दर सिंहले दश रन जोड्नु बाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहारो अंक छुन सकेनन् । जारी प्रतियोगितामा उत्कृष्ट वलिङ गरिरहेका संदिप एक्लैले सात विकेट लिएपछि मलेसियाको पारी धरासायी बनेको हो । संदिपले नौ दशमलब एक ओभर बल फाल्दै एक मेडन सहित मात्र १३ रन खर्चिए । साहव आलमले दुइ तथा प्रिजन ढकालले एक विकेट लिए ।

जवाफमा नेपालले २२ ओभर दुई बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । तर नेपालको ब्याटिङ आज पनि खराव रह्यो । १५ ओभरमा ४४ रन बनाउदा नेपालले महत्वपुर्ण पाच विकेट गुमाएको थियो । ३० रन हुदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि थप १० रन जोडदा अरु चार विकेट गुमायो ।

नेपालका सन्दिप सुनाले १५ तथा अनिल शाहले १२ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । तर रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीले अर्धसतकिए साझेदारी गर्दै नेपाली जित दिलाए । रोहितले ३४ तथा दिपेन्द्रले १९ रन बनाए । अब नेपालले लिगको अन्तिम खेलमा भोलि अफगानिस्तानसग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest