सन्दिपको जादु सिङगापुरमा चलेपनि टिम भने कठिन मोडमा

सिंगापुरमा जारी यू–१९ विश्वकप छनोटमा नेपाली टिम ब्याटिङका हिसावले जति आलोचनाको पात्र बन्यो त्यति नै सहानुभुती सन्दिप लामिछानेले पाए । प्रतियोगिताको पहिलो खेल देखि नै आफनो उत्कृष्ट बलिङका कारण चर्चामा आएको सन्दिपले अहिलेसम्म खेलका पाच खेलमा २३ विकेट लिइसकेका छन । जसमा पाच विकेटको हल तीन पटक लिन सफल भएका छन । सिंगापुर विरुद्धको पहिलो खेलमा आठ ओभरमा दुई मेडेन राख्दै २१ रन खर्चिएर सन्दिपले पाच विकेट लिए ।

त्यसपछि दोस्रो खेल अर्थात मलेसिया विरुद्ध पनि उनले आठ ओभर पाच बलमा एक मेडेन राख्दै १७ रन खर्चिएर पाच विकेट नै लिए । त्यसपछि अफगानिस्तान विरुद्ध दुई विकेट लिएका सन्दिपले पुन दोस्रो चरण अन्तर्गत सिंगापुर विरुद्ध चार विकेट लिए । आजपनि सन्दिपले नौ ओभर एक बलमा एक ओभर मेडेल राख्दै १३ रन खर्चिएर सात विकेट लिए । जुन उनको उमेर समुहको उत्कृष्ट बलिङ हो । जसमा मलेसियाका तीन खेलाडीलाई खाता खेल्न नदिदै पेभेलियन फर्काए ।

यो प्रतियोगितामा एक्लो हिरो सावित भएका सन्दिपको प्रदर्शनमा अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्कले पनि बधाई दिइसकेका छन । लेग स्पिन बलर सन्दिपको मुख्य हतियार गुगली मानिन्छ । जसका कारण विपक्षीलाई खुलेर खेल्न निकै कठिन हुने गर्छ । राष्ट्रिय टिमका समेत मुख्य खेलाडी रहेका सन्दिपले बलिङबाट आफनो क्षमता प्रष्ट्याइसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest