पहिलो दिनको खेल सकिदा भारत बलियो स्थितीमा, धवन र पुजाराले हाने सतक

श्रीलंका विरुद्धको पहिलो टेष्टको पहिलो दिन भारतले खेल आफनो पकडमा राखेको छ । पहिलो दिनको खेल सकिदा भारतले तीन विकेट गुमाउदै तीन सय ९९ रन बनाएको छ ।

गालेमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवन र चेतेश्वर पुजारको सतकको पद्दतले पहिलो दिनको खेल आफनो पकडमा राख्न सफल भयो । २७ रन हुदा पहिलो विकेट गुमाएको भारतका लागि शिखर धवन र पुजाराले दोस्रो विकेटका लागि दुई सय ५३ रनको साझेदारी गरेका थिए ।

जसमा धवनले एक सय ६८ बलमा आक्रामक एक सय ९० रनको पारी खेले । दोहोरो सतक बनाउनबाट चुकेका शिखरले ३१ चौका प्रहार गरे । त्यसपछि कप्तान विराट कोहली मात्र तीन रनमा आउट हुदा भारतले दुई सय ८६ रनमा तेस्रो विकेट गुमायो । तर चेतेश्वर पुजारा र अजिन्क्या राहानेले चौथो विकेटका लागि सतकिए साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । चेतेश्वर एक सय ४४ रनमा अविजीत छन भने राहानेले ३९ रनमा अविजीत छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest