श्रीलका विरुद्धको पहिलो पारीमा भारतले खडा गर्यो ६०० रन

श्रीलंका विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा भारतले ६०० रन बनाएको छ । श्रीलंकाको गालेमा जारी खेलको पहिलो पारी सकिदा भारतले एक सय ३३ ओभर एक बलमा अलआउट हुदै ६०० रन बनायो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन तीन विकेट गुमाउदै तीन सय ९९ रन बनाएको थियो । उसका लागि शिखर धवनले आक्रामक एक सय ९० रनको पारी खेल्दा चेतेश्वर पुजार एक सय ४४ रनमा अविजीत थिए । दोस्रो दिनको खेल सुरु हुदा अरु दुई सय एक रन जोडदा बाकि सात विकेट गुमायो । पुजारा एक सय ५३ रनमा आउट भए भने अजिन्क्या राहाने ५७ तथा हार्दिक पाण्डेले डेब्यु खेलमा अर्धसतक बनाए । यस्तै रविचन्द्रन आश्विनले ४७ रन जोडे । बलिङ तर्फ श्रीलंकाका नुवन प्रदिपले ६ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest