भारत विरुद्ध श्रीलङका निकै दबावमा, १५४ रन हुदा पाच विकेट झर्यो

भारत विरुद्धको पहिलो टेष्टमा श्रीलंका पहिलो पारीमा निकै दबावमा परेको छ । दोस्रो दिनको खेल सकिदा श्रीलंकाले एक सय ५४ रनमा पाच विकेट गुमाएपछि दबावमा आएको हो ।

भारतले बनाएको ६ सय रनको प्रतिउत्तरमा श्रीलंकाले दोस्रो दिन आफनो पारी सुरु गरेको थियो । तर दिनको खेल सकिदा श्रीलंकाका ब्याट्सम्यान खासै जम्न नसक्दा पहिलो पारीमा नै निकै दबावमा आएको छ । सात रन हुदा पहिलो विकेट गुमाएको श्रीलंकाले ६८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यस लगत्तै तेस्रो विकेट गुमाएको श्रीलंकाले एक सय २५ रन हुदा चौथो विकेट झार्न पुग्यो । भारतीय बलर सामु कमजोर देखिएको श्रीलंकाले एक सय ४३ रन हुदा पाच विकेट गुमाएको थियो । उसका लागि उपल थरङगाले ६४ तथा एञ्जेलो म्याथुजले ५४ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ भारतका मोहम्मद सामीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest