थरङगा दोस्रो पटक टेष्ट क्रिकेटमा रनआउटको सिकार

भारत विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा रन आउट भएका श्रीलंकन खेलाडी उपल थरंगा आइसीसीको एउटा नियमका सिकार भएका छन । टेष्टमा उनि दोस्रो पटक रनआउट भएका हुन ।

अक्टोबल एक देखि परिवर्तन हुन लागेको यो नियम जसमा खेलाडी क्रिजमा पुगेर पनि ब्याट उठेको भए रन आउट दिने गरिएको छ । तर यो नियम परिवर्नत हुन दुई महिना बाकि हुदा थरंगा त्यहि नियमको सिकार भएका छन । भारत विरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिन केहि ओभर बाकि हुदा उपललाई रिद्दमान शाहले रन आउट गरेका थिए । तर उपलको ब्याट क्रिज भित्र भएपनि मैदान भन्दा माथि थियो । जसका कारण थर्ड अम्पायरले उनलाई आउट दिए । यो निर्णयले भारतीय खेलाडी पनि अचम्ममा परेका थिए । यसअघि खेलको टेष्टमा थरंगा क्रिजमा फर्किदा रनआउट भएका थिए भने ब्याट हावामा भएका कारण रन आउट भए । त्यसअघि उनी कहिलेपनि टेष्टमा रनआउट भएका थिएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest