भारत विरुद्धको पहिलो इनिङमा श्रीलका सस्तैमा आउट, भारतको पनि खराव सुरुवात

भारत विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा श्रीलंका मात्र दुई सय ९१ रनमा अलआउट भएको छ ।

भारतले बनाएको ६०० रनको जवाफमा पहिलो पारी सुरु गरेको श्रीलंका ७८ ओभर तीन बलमा दुई सय ९१ रनमा अलआउट भयो । उसका लागि कुशल परेराले अविजीत ९२ रन बनाउदा एञ्जेला म्याथुजले ८३ र उपल थरङगाले ६४ रन बनाए । उसका पाच खेलाडीले दोहोरो अंक छुन सकेनन ।

त्यसपछि दोस्रो पारी सुरु गरेको भारतले ६० रनमा दुई विकेट गुमाउदा बर्षाका बाधक बन्न पुग्यो । पहिलो पारीमा सतक बनाएका शिखर धवन १४ रनमा आउट भए भने अर्का सतक हान्ने खेलाडी चेतेश्वर पुजारा पनि १५ रनमा पेभेलियन फर्किए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest