श्रीलंका विरुद्ध भारतको ठुलो अन्तरको जित, टेष्ट शृँखलामा १-० को अग्रता

काठमाडौं – श्रीलंका विरुद्ध पहिलो टेष्ट म्याचमा भारतले ३०४ रनको बिशाल जित दर्ता गरेको छ । गेल क्रीकेट मैदानमा खेलिएको पहिलो टेष्ट म्याच मा श्रीलंकालाई दोस्रो पारीमा २४५ रनमा सिमित गरे पछी, भारतले बिदेशी भुमीमा आफ्नो सबैभन्दा ठुलो जित दर्ता गर्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले शिखर धवनको १९० रनको मद्दतले ६०० रन बनाउन सफल भयो । श्रीलंका भने पहिलो पारीमा २९१ रनमै सिमित भयो । उसका लागि कुशल परेराले अविजीत ९२ रन बनाउदा एञ्जेला म्याथुजले ८३ र उपल थरङगाले ६४ रन बनाए ।

३०९ रनको अग्रता लिदै दोस्रो पारीमा भारतले केवल ३ विकेट गुमाएर २४० रनमा पारीको घोषणा गर्‍यो । कप्तान विरात कोहलीले आफ्नो खेल जीवन को सत्रौं सतक प्रहार गरे ।

५५० रनको बिशाल लक्ष्य पछाउँदै श्रीलंकाले आफ्नो दुई जना ब्याट्स्म्यान बिना चौथो पारी सुरु गर्‍यो । खेलको पहिलो दिन नै गुनरत्नेलाई गुमाउन पुगेको श्रीलंकाले चौथो दिनमा आफ्नो प्रमुख खेलाडी रङ्गना हेरथलाई पनि गुमायो ।

दुइ पारीमा २०४ बनाउन सफल शिखर धवन म्यान अफ द म्याच घोषित भए ।

दोस्रो टेस्ट म्याच अगस्त ३ मा कोलम्बोमा खेलाईनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest