आधिकारीक क्रिकेट निकाय चाडै अाउछ भन्नेमा आशावादी – पारस खड्का

काठमाडौं – विवादका कारण आइसीसीको निलम्बनमा परेको नेपाली क्रिकेटको आधिकारीक निकाय आसन्न एभरेष्ट प्रिमियर लिग अघि देख्न चाहेको कप्तान पारस खडकाले बताएका छन ।

इपीएलको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै पारसले इपिएल आउन अझै चार पाँच महिना बाँकी छ। त्यसअघि नेपाल क्रिकेट संघ होस् या अन्य नेपाली क्रिकेटको आधिकारिक संस्था हेर्न मन लागेको बताए ।

Photo Source: NepalKhabar.com

इपीएल आफैमा एउटा ठूलो प्रतियोगिता हो भएकाले यस्ता किसिमका प्रतियोगिताहरु आयोजना गर्दा आधिकारिक निकाय नै नहुनु दु:खको कुरा भएको उनले बताए । देशकै ठूलो पुरस्कार राशीको इपीएलको दोस्रो संस्करणको विजेताले २१ लाख रुपैयाँ पाउनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको एक दिवसीय प्रतियोगिताको पुरस्कार राशी २० लाख रुपैयाँ थियो।

नेपाली क्रिकेट प्लेयर्स एशोसियसनका महासचिव समेत रहेका पारसले इपीएलमा सिप्यानले खेलाडीहरुको सेवा सुविधामा विशेष ध्यान दिने बताए। खेलाडीले कसरी राम्रो पारिश्रमिक पाउन सक्छन्, उनीहरुको मेडिकल बिमा तथा सहभागिता सुनिश्चताका लागि सिप्यानले आफ्नो भुमिका खेल्ने बताए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest