बिग ब्यास लिगको खेल तालिका सार्वजनिक, कसरी हुदैछ लिग जानकारी सहित

अष्ट्रेलियामा हुदै आएको विग ब्यास लिगको नया सस्करणको खेल तालिका सार्वजनिक भएको छ । जसमा महिलाको लिग डिसेम्बर नौ तारिख देखि हुने छ भने पुरुषको त्यसको १० दिन पछि सुरु हुनेछ ।

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको नया खेल तालिकामा यसपटक पुरुषतर्फ ४३ खेल थपिएका छन । अघिल्लो सस्करण भन्दा लामो हुने यो लिगको पुरुष र महिलाको फाइनल खेल फेब्रेवरी चार तारिखमा हुनेछ । पुरुषको पहिलो खेलमा सिडनी डर्विबाट सुरु हुनेछ । पुरुषको लिगमा हरेक टिमले १० खेल खेल्नेछन । जसमा होम एण्ड अवेका रुपमा हुनेछ । अघिल्लो सिजन एउटा टिमले चार होम खेल मात्र खेल्न पाउथ्यो । महिला तर्फ एउटा टिमले नौ खेल खेल्नेछन ।

तर महिलाको लिग हरु कुन कुन मैदानमा खेलिने भन्ने विषयमा पछि मात्र थाहा हुने बताइएको छ । अष्ट्रेलियाको समर विदा हुदा स्कुले विध्यार्थीका लागि यो प्रतियोगिता उत्कृष्ट मानिन्छ । प्रतियोगिताको टिकट अक्टोबर १६ तारिख देखि खुल्ला गरिनेछ । जसका लागि बयस्कले २० डलर, बालबालिकाले ५ डलर, परिवारका लागि ४२ दशमलव पाच डलर तोकिएको छ । यो टिकटको रकम अघिल्लो सस्करण जस्तै हो । यसमा कुनै परिवर्तन गरिएको छैन ।

पुरुषको खेल तालिका

महिला लिगको तालिका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest