खेलाडी र सघ विच सम्झौता नहुदासम्म कुनै श्रृखला नखेल्ने- कप्तान स्मिथ

अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टिभ स्मिथले खेलाडी र क्रिकेट संघ विचको विवाद समाधान नहुदासम्म टिमले कुनै प्रतियोगिता नखेल्ने बताएका छन ।

क्रिकेट अष्ट्रेलिया र खेलाडी विच सेन्ट्रल कन्ट्रयाक्टका विषयमा पछिल्लो समय ठुलो विवाद उत्पन्न भएको छ । जसका कारण खेलाडी आसन्न बंगलादेश विरुद्धको टुर पनि नखेल्ने मनसायमा पुगेका छन । अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टिभ स्मिथले संघ संगको सम्झौता अझैपनि पुरा नभएको र बारम्बार बैठक बस्दापनि टुङगो नलागेकाले बंगलादेश टुर नजाने मनसायमा रहेको बताएका छन ।

खेलाडी र संघ विच विवाद समाधानका लागि मध्यस्तता जारी रहेपनि अझै विवाद भने समाधान हुन सकेको छैन । क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत जेम्स सुथरल्याण्डले गत विहिबार नया सम्झौता जुलाइ १ तारिख देखि लागु हुनुपर्ने खेलाडीको मागलाई पुरा गर्न केहि समय लाग्ने बताए । यदि एसीए आब्रिट्रेसन प्रोसेसका लागि सहमती भएमा अष्ट्रेलियाका दुई सय ३० खेलाडी रोजगार विहिन हुनेछन । यसमा कप्तान स्मिथले अझै पनि खेलाडीहरु समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउदै मुख्य केहि एजेण्डाहरु बाकि रहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest