काठमाडौमा भएको एसिपिएलमा खेलेको भन्दै हासीव अम्जाद प्रतिबन्धमा

काठमाडौमा भएको एशियन क्लव प्रिमियर लिग आयोजना हुदा जति विवादित बनेको थियो त्यसको असर यतिबेला खेलाडीमा पर्न थालेको छ । हङकङ क्रिकेट संघले यो प्रतियोगितामा खेलेको भन्दै हासीव अम्जादलाई एक बर्षका लागि प्रतिबन्ध गरेको छ ।

हङकङ क्रिकेट संघले प्रेस रिलिज जारी गर्दै एशियन क्लव प्रिमियर लिगमा आफनो स्विकृती विना नै खेल्न गएको भन्दै कारवाही गरेको हो । गत जुनको अन्तिममा आयोजना भएको प्रतियोगितामा हासीव संघको राष्ट्रिय खेलाडी भएकाले र आइसीसीले स्विकृती नदिएको प्रतियोगिता खेलेकाले एक बर्षका लागि प्रतिबन्ध लगाएको संघले जनाएको छ । यसका साथै संघले उनलाई आइसीसीको स्विकृती नभएका प्रतियोगिता नखेल्न पनि चेतावनी दिएको छ ।

सो बेला नै हासीवलाई संघले तत्काल प्रतियोगिताबाट बाहिरीन पनि निर्देशन दिएको थियो तर संघको सो निर्देशनलाई उनले मानेका थिएनन । जसका कारण संघले बाध्य भएर हासीवलाई एक बर्ष कुनैपनि क्रिकेट गतिविधीमा संलग्न नहुनेगरी प्रतिबन्ध गरेको हो । संघको यो निर्णय प्रतियोगिता खेलको पहिलो दिन देखि नै लागु हुनेछ । जुन अर्को बर्षको जुन १९ तारिखमा सकिनेछ । नेपालमा भएको एसिपिएलमा फिक्सिङ भएको भन्दै नेपाल पुलिसमा पनि उजुरी परेको थियो । तर पुलिस आयोजकलाई गिरफतार गर्न जादा भागेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest