भारतमा दुइ नयाँ क्रिकेट मैदान सुरु हुदैँ

क्रिकेट जगतमा सबै भन्दा धनी संघ मानिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले निकट भविष्यमा नै दुई वटा नया मैदानको उदघाटन गर्दैछ । जसमा पहिलो पटक ट्वान्टी ट्वान्टी खेल हुनेछ ।

बीसीसीआइले गुवाहाटी र तीरुभाननतापुरामा रहेका क्रिकेट मैदान टी ट्वान्टी खेलबाट डेब्यु गर्दैछन । २०१७ र १८ को सिजनमा भारतमा हुने टी ट्वान्टी श्रृखलाहरुमा मध्ये केहि यी दुई मैदानमा पनि हुने भएका छन । यो सिजनको सेप्टेम्बर देखि डिसेम्बरसम्म भारतले २३ अन्तराष्ट्रिय खेल खेल्दैछ । जसमा तीन टेष्ट, ११ एकदिवसिय र नौ ट्वान्टी ट्वान्टी खेल रहेका छन । जसमा पहिलो श्रृखला अष्ट्रेलिया विरुद्ध खेल्ने योजनामा भारत छ ।

जुन सेप्टेम्बर र अक्टोबरको विचमा हुनेछ । अष्ट्रेलिया विरुद्ध भारतले पाच एकदिवसिय र तीन ट्वान्टी ट्वान्टी खेल खेल्नेछ । त्यसपछि न्युजिल्याण्डले भारत भ्रमण गर्नेछ । जसमा तीन एकदिवसिय र तीन टी ट्वान्टी रहेका छन । त्यो श्रृखला सकिएपछि श्रीलंका भारत आउनेछ । जसमा तीन टेष्ट, तीन एकदिवसिय र टी ट्वान्टी हुनेछ । बीसीसीआइका कार्यकारी महासचिव अमिताभ चौधरीले यो श्रृखलाको एकिन डेट भने फाइनल नभइसकेको भएपनि श्रीलंका विरुद्धको टी ट्वान्टी खेल कोची वा तीरुभाननतापुरामा हुनेछ । यस्तै गुवाहाटीमा रहेको बार्सापारा क्रिकेट मैदानमा अष्ट्रेलिया विरुद्ध ट्वान्टी ट्वान्टी खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest