श्रीलका र भारत विचको दोस्रो टेष्ट सुरु, कमब्याक गर्न श्रीलकालाइ चुनौती,

भारत र श्रीलका विचको दोस्रो टेष्ट आजबाट सुरु भएको छ । कोलम्बोमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ ।

यो टेष्टमा श्रीलकाका लागि कमब्याक धेरै चुनौती रहेको छ । कनकी दिनेश चन्डिमाल निमोनियाबाट मुक्त हुँदै भारतविरुद्ध कप्तानी गरिरहेका छन । श्रीलंकाली टिममा समस्या छ, चोटग्रस्त खेलाडीको । पहिलो टेस्टमा ठूलो अन्तरको हार बेहोरेयता श्रीलंकालाई सिरिजमा फर्कने चुनौती हुनेछ । दिनेशलाइ गत महिनाबाट कप्तानीको नेतृत्व दिइएको थियो। पहिलो टेस्टमा उनी खेल्न असमर्थ रहे। गालेको त्यस टेस्टमा विराट कोहलीको भारत ३ सय ४ रनले विजयी रह्यो। विदेशी भूमिमा रन अन्तरको यो भारतको सबैभन्दा ठूलो जित हो।

यसले पनि श्रीलंकामाथि संकट थपेको छ। श्रीलंका यसअघि जिम्बावेविरुद्धको वान डे सिरिजमा पनि पराजित भएको थियो। यसै कारणले तत्कालीन कप्तान एन्जेलो म्याथ्युज राजीनामा दिन बाध्य रहे। दोस्रो टेस्टअघि भने श्रीलंकाली टिममा चोटग्रस्त खेलाडीको बाहुल्य छ। अलराउन्डर असेला गुणारत्ने पहिलो टेस्टका क्रममा औलाको चोटबाट गुज्रेका थिए।
गल टेस्टमा कप्तानी गरेका भेट्रान बलर रगंना हेराथको औंलामा पनि चोट छ। श्रीलंकाली टिमका व्यवस्थापक असन्का गुरुसिंहले चन्डिमाल दोस्रो टेस्टमा खेल्न सक्षम हुने बताएका छन्। पहिलो टेस्टको दोस्रो इनिङ्समा ब्याटिङ गर्न असमर्थ बायाँहाते स्पिनर हेराथले दोस्रो टेस्ट खेल्ने वा नखेल्ने तय छैन।

अहिले टेस्ट वरीयताको सातौं स्थानको श्रीलंकाले भारतलाई दबाबमा राख्ने हो भने उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। पहिलो टेस्टमा भारत पूर्णत: छाएको थियो। भारतीय टिमका लागि अन्तिम ११ खेलाडी छनोट गर्न समस्या हुनेछ। प्रारम्भिक ब्याट्सम्यान लोकेश राहुल चोटमुक्त हुँदै छनोटलाई उपलब्ध हुनेछन्। तर पहिलो टेस्टमा शिखर धवन र अभिनव मुकुन्दले राम्रो गरेको हुँदा इनिङ्सका सुरुआती अवसर कसलाई दिने हो भनेर दुविधा पर्नेछ।
सिंहाली स्पोर्ट्स क्लब मैदानमा हुने खेल चेतेश्वर पुजाराको ५० औं टेस्ट पनि हुनेछ। पहिलो टेस्टको पहिलो इनिङ्समा संयमित १ सय ४९ रन बनाएका पुजाराको औसत ५२.१८ छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest