अष्ट्रेलियन खेलाडी र सघ विचको विवाद समाधान, पाँच बर्षको नया सम्झौता हुदै

अष्ट्रेलियन क्रिकेट खेलाडी र संघ विचको नौ महिना विचको विवाद समाधान भएको छ । खेलाडी र संघ विचको सम्झौता लामो समयपछि टुङगोमा पुगेका कारण विवाद समाधान भएको हो ।

खेलाडीको तलव सम्झौता विषयमा आज विहान मात्र क्रिकेट संघ र खेलाडी संघ विच हस्ताक्षर भएपछि विवादले समाधानको बाटो लिएको हो । खेलाडीलाई पुन कन्ट्रयाक्टमा राख्ने निर्णय भएपछि अष्ट्रेलियन क्रिकेट टिमले बंगलादेश भ्रमण पनि गर्ने भएका छन ।

अन्तिम चरणको राउण्ड टेबल छलफल पछि दुबै पक्षविच सम्झौतामा हस्ताक्षर गरेका हुन । क्रिकेट अष्ट्रेलियाका जेम्स सुथरल्याण्ड र अष्ट्रेलियन क्रिकेट एसोसियसनका एलिस्टेयर निकोल्सन विच आज विहान भएको छलफलले सकारात्मक मोड लिएको हो । सम्झौताका बारेमा अष्ट्रेलियाको समय अनुसार आज साझ पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गरिने बताइएको छ ।

संघले खेलाडीसंग पाच बर्षको नया सम्झौता गर्ने तयारी गरेको छ । संघले खेलाडीलाई विभिन्न विषयमा बोनस नदिएको भन्दै खेलाडी युनियनले कडा प्रतिबाद गरेको थियो । जसका कारण उनिहरुले कुनै प्रतियोगिता नखेल्ने पनि बताएका थिए । विवाद समाधान भएपछि अब २३० ब्यवसायीक खेलाडीले पुन जागीर पाउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest