श्रीलङका पाकिस्तान भ्रमण गर्न अातुर, सुरक्षा मुख्य चुनौती

खेलाडीमाथि आतंककारी आक्रमण भएपछि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न नपाएको पाकिस्तानमा श्रीलंकन टिम खेल्ने भएको छ ।

आठ बर्ष अगाडी श्रीलंकाका खेलाडीमाथि नै आक्रमण भएपछि आइसीसीले नै सुरक्षाका कारण पाकिस्तानलाई कुनै ठुला टिम विरुद्ध अन्तराष्ट्रिय श्रृखला गर्न स्विकृती दिएको थिएन । तर श्रीलंकन क्रिकेट टिमले सेप्टेम्बर वा अक्टोबरमा ट्वान्टी ट्वान्टी श्रृखंला खेल्ने प्रतिबद्धता जनाएको छ । २०१५ मा जिम्वावेले पाकिस्तान भ्रमण गरेपनि ठुला टिमले भने अस्विकार गर्दै आएका थिए । सो बेलाको आक्रमणमा ६ जना प्रहरीका साथै दुई जना सर्वसाधारण मारिएका थिए ।

श्रीलंका र पाकिस्तान सेप्टेम्बरको अन्तिममा पुरै सिरीज खेल्ने तयारीमा छन । श्रीलंक क्रिकेट बोर्डले एशियन क्रिकेट काउन्सिलको बैठकमा पाकिस्तान भ्रमणका लागि टिम तयार रहेको जानकारी गराएका थिए । जसमा श्रीलंकाले लाहोरमा कम्तिमा एक टी ट्वान्टी खेल खेल्ने योजनामा छ । तर त्यसका लागि पाकिस्तान क्रिकेट बोर्डले सुरक्षा र बासस्थानको उचित प्रवन्ध मिलाउनुपर्ने सर्त राखेको छ ।
श्रीलंकन टिमले देखाएको इच्छालाई पाकिस्तानी क्रिकेट बोर्डलेपनि उच्च प्राथमिकतामा राखेको छ । घर भित्र खेलाडीमाथि आक्रमण भएपछि पाकिस्तानले दुबईलाई आफनो घरेलु मैदान बनाउदै आएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest