श्रीलंकाको खराव प्रदर्शन, भारतद्धारा श्रृखला ह्वाइटवास

श्रीलंका विरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा भारत एक इनिङ र एक सय ७१ रनले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखलामा ह्वाइटवास गरेको छ ।

श्रीलंकाको पालेकेले क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा चार सय ८७ रन बनाएको थियो । उसका लागि शिखर धवनले एक सय १९ तथा पुछारका ब्याट्सम्यान हार्दिक पाण्डेले एक सय आठ रन बनाए । टेष्ट क्रिकेटमा पहिलो सतक प्रहार गर्दे पाण्डेले आठौ खेलाडीका रुपमा सबै भन्दा छिटो सतक बनाए ।

जवाफमा श्रीलंका पहिलो पारीमा मात्र एक सय ३५ रन बनायो । उसका कुनैपनि खेलाडीले ५० रन कटाउन सकेनन । श्रीलंकाका कप्तान चन्दिमालले सर्वाधिक ४८ रन बनाए । भारतले बनाएको कुल स्कोरको आधा पनि नबनाएपनि फलोअनमा परेको श्रीलंका दोस्रो पारीमा पनि ध्वस्त भयो । पछिल्लो पटक निकै खराव लयमा देखिएको श्रीलकां दोस्रो पारीमा मात्र एक सय ८१ रनमा अलआउट भयो ।

R Ashwin
Photo: Associated Press

दोस्रो पारीमा पनि श्रीलंकन कुनै खेलाडीले ५० रन कटाउन सकेनन । उसका लागि डिकवेलाले सर्वाधिक ४१ रन बनाए । जसका कारण श्रीलंकाले तीन टेष्टको श्रृखंला तीन शुन्यले गुमाउन पुग्यो । अब यी दुई टिम विच एक दिवसिय र टी २० खेल हुन बाकि छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest