ठुलो चोट लाग्नबाट जोगिए बंगाली खेलाडी तमिम इक्वाल

बंगलादेशी ओपनर ब्याट्सम्यान तमिम इक्वाल ठुलो दुर्घटनाबाट जोगिएका छन ।

अष्ट्रेलिया विरुद्धको टेष्ट खेलका लागि तयारीका रहेको बंगलादेशी टिमका मुख्य खेलाडी मानिने इक्वाल प्रशिक्षणका दौरान ठुलो चोट लाग्नबाट बाचेका छन । चिटगाउमा बन्द प्रशिक्षणमा रहेको टिममा इक्वाल अभ्यास खेलमा सस्तैमा आउट भएर फर्किदा पेभेलियनको सिसाको ढोका रिसका झोकमा खोल्दा पुरै फुटेपछि इक्वालको शरीरमा लागेको थियो । तर उनको ब्याटिङ प्याडका कारण उनलाई ठुलो चोट भने लागेन । स्थानिय सञ्चारमाध्यमले जनाएअनुसार अभ्यास खेलमा मात्र ६ रनमा आउटभएर फर्किएका इक्वालले सिसाको ढोका खोल्नुको सट्टा हातमा भएको ब्याट ढोकामा रिसले घुमाउदा फुटन पुगेको थियो ।

जसका कारण तमिम पनि ढोकामा लडन पुगेका थिए र ढोकाको सिसा तमिमको शरिरमा माथि परेको थियो । उनलाई सामान्य चोट लागेपनि दुर्घटना भने ठुलो भएको थियो । २८ बर्षे इक्वालले भने जुनबेला मैले ढोका धकेले ब्याटले लागेर सिसा फुट्न पुग्यो र म माथि खस्यो । त्यहा रहेका अरु खेलाडीले ठुलो दुर्घटना भएको सोचेर बचाउन आएका थिए । तर सो नुहदा अल्लाले बचाएको बताए । बंगलादेशी टिमका छनोटकर्ताले इक्वाललाई केहि टाका लागेपनि १६ तारिखमा हुने अन्तिम अभ्यास खेलमा फर्कने आशा गरेका छन ।

रिसका कारण इक्वाल यसअघि पनि विपक्षी खेलाडीसंग धरै पटक टकराएका छन । २०१५ मा दक्षिण अफ्रिकी विकेटकिपर क्विटक डी ककसंग जानीजानी ठोकिएका थिए भने बेन स्टोक र जोनी बेयस्ट्रोसंग पनि उनि रिसको झोकमा अभद्र ब्यवहार गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest