माछापुच्छ्रे क्रिकेट लिग दुइ साता पछि सर्यो

पोखरामा भोलीबाट आयोजना हुने भनिएको माछापुच्छ्रे क्रिकेट लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता दुई हप्तालाई सरेको छ ।

हाल पुर्वी र पश्चिम तराईमा गएको बाढीले गर्दा धनजनको क्षती भएकाले कारण आयोजकहरुले आफ्नो आधिकारिक फेसबुक पेजबाट दुई हप्ताको लागि प्रतियोगिता सार्ने बताएका छन ।
माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने लिगको अक्सन पोखरामा गत हप्ता सम्पन्न भएको थियो । आयोजकले लिगका लागि अक्सनमा रहेका १ सय ४५ खेलाडीमध्ये विभिन्न टोलीले ८४ खेलाडीलाई खरिद पनि गरिसकेको छ । लिगमा गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरुले अक्सनको लागि नाम दर्ता गराएका थिए ।

अक्सनमा सुदिप पौडेललाइ डाउनटाउन लायन्स पोखराले सर्वाधिक १० हजार रुपैंयामा खरिद गरेको थियो । लिलामीमा रहेका सबै खेलाडीको न्युनतम रकम १ हजार तोकिएको थियो । ६ टोलीको सहभागिता लिगको लागि ६ टोलीको कप्तानहरुको निर्धारण भने यस अघिनै भएको थियो । लिग पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासाग एलिमिनेटर खेल खेल्नेछ ।

विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् । त्यस्तै म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest