आक्रामक ब्याट्सम्यान क्रिसको सम्झौता नविकरण भएन ।

काधको चोट बोकेका आक्रामक खेलाडी क्रिस लीनलाई क्विन्सल्याण्ड बुल्सले सम्झौता गर्न अस्विकार गरेको छ ।

इन्डियन प्रिमियर लिग खेल्दा काध चोट बोकेकाले सल्यक्रिया पछि आराम गरिरहेका क्रिसलाई बुल्सले नया सम्झौताका लागि कुनै पहल नगरेको बताइएको छ । क्रिकेट अष्ट्रेलियाको अनलाइनले जनाएअनुसार बुल्सले २७ बर्षे क्रिस पुर्ण रुपमा निको भएपछि अर्को बर्ष छनोट हुन सफल भएमा मात्र सम्झौता गर्ने बताएको छ । यसको अर्थ क्रिसले अब नया खेलाडी जस्तै छनोट प्रतियोगिता खेल्नु पर्ने हुनेछ । गत महिना काधको सल्यक्रिया गरेका क्रिसलाई सो चोटले बारम्बार सताइरहेको छ ।

सोहि चोटका कारण उनले अष्ट्रेलियन क्रिकेट घरेलु सिजन पनि गुमाएका छन । २०१३ पछि क्रिसले आफनो क्लवबाट कुनैपनि एकदिवसिय खेल खेल्न सकेका छैनन । यो विषयमा क्रिसले निकै दुख लाग्दो विषय भएको बताए । तर फेरी पनि उत्कृष्ट रुपमा फर्कने उनले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest