बुद्धि प्रधान र दुर्गानाथ सुवेदी मलेसिया प्रस्थान

पछिल्लो पटक एकपछि अर्को अन्तराष्ट्रिय प्रतियोगितामा अम्पायरीङमा ब्यस्त दुइ आइसीसी नेपाली अम्पायर बुद्धि प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा आयोजना हुने साउथ इस्ट एसियन (सी) गेम्समा अम्पायरको भुमिका निभाउन मलेसिया गएका छन ।

किन्नारा ओभलमा आयोजना हुने यहि अगष्ट १७ देखी २९ सम्म मलेसियामा हुने सी गेम्समा पहिलो पटक पुरुष र महिला क्रिकेट पनि राखिएको हो । यस विधामा आयोजक मलेसियासँगै सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगितामा नेपाली अम्पायरहरुलाई नियुक्त गरेको पनि यो पहिलो अवसर हो । प्रधान र सुवेदी आईसिसिको डेभलप्मेन्ट प्यानलका अम्पायरहरु हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest