केसीटीसीले भारत भ्रमण गर्दै, यू-१६ र यू-२० टिमले भारतमा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्रले सञ्चालन गरेको काठमाडौ ट्रेनिङ सेन्टरले मैत्रीपुर्ण खेलका लागि भारत भ्रमण गर्ने भएको छ । सो सेन्टरबाट यू–१६ र यू–२० टिम भारत जान लागेको हो ।

केसीटीसीले १६ बर्ष मुनिका खेलाडीलाई भारतको कोलकाता लगेर मैत्रीपुर्ण खेल खेलाउने भएको छ । दशै र तिहारको विदाको मौका पारेर सेन्टरले किशोर खेलाडीलाई कोलकाताका विभिन्न क्लव र एकेडेमीसंग अभ्यास खेल खेलाउने योजना बनाएको छ । यस्तै २० बर्ष मुनिको टिमले अक्टोबरमा हरियाणामा हुने दिनबन्धु चतुराम यु–२० ममोरी कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अक्टोबर २३ देखि २७ तारिखसम्म हुने यो प्रतियोगितामा अफगानिस्तान, श्रीलंका, ओमान, साउदी अरेविया, पाकिस्तान र भारतका विभिन्न स्टेटका टिमले भाग लिनेछन । केसीटीसीले नेपालको प्रतिनिधित्व गर्ने छ ।

युवा खेलाडीलाई प्रशिक्षणका साथै घरेलु प्रतियोगितामा पनि सक्रिय सहभागिता जनाउदै आएको केसीटीसीले पछिल्लो पटक प्रधानमन्त्री कप क्रिकेटको सफल आयोजना गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest