एसीसीले यू-१६ देखि सिनियर स्तरको प्रतियोगिता गर्ने, नेपालको पनि सहभागिता

एशीयाली क्रिकेट परिषद एसीसीले उमेर समुहका प्रतियोगिताहरु पुन संचालन गर्ने भएको छ । एसीसीको मुख्यालय श्रीलङकाको कोलम्बोमा सम्पन्न वार्षिक साधारण सभाले १६, १९ र २३ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिता पुन सुचारु गर्ने निर्णय गरेको हो ।

उमेर समुहका प्रतियोगिताले टेस्ट नखेल्ने राष्ट्रहरुको क्रिकेट विकासमा सघाउ पु¥याउने भन्दै कमिटीले गरेको प्रस्तावलाइ साधारण सभाले पारित गरेको हो । अब एसीसीले आफ्ना सदस्य राष्ट्र बीच अन्डर सिक्सटिन, अन्डर नाइन्टिन र अन्डर ट्वान्टी थ्रि इमर्जिङ र सिनियर पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गर्नेछ । यस्तै गत वर्ष भएको महिला एशीया कपलाइ पनि एसीसीले निरन्तरता दिनेछ । कोलम्बोमा कार्यकारी समितीको बैठक पनि बसेको थियो ।

बैठकले मलेसियामा नोभेम्बरमा हुने अन्डर नाइन्टिन एशीया कप आयोजना गर्ने पनि पुष्टि गरेको छ । यस्तै इमर्जिङ एशिया कप अब देखी हरेक वर्ष आयोजना हुनेछ । एसीसी विकास समतिले इमर्जिङ एशीया कप हरेक वर्ष आयोजन ागर्न प्रस्थाव गरेको थियो । जसलाय कार्यकारी समितको बैठकले पारित गर्यो । यसअघि हरेक दुइ वर्षमा आयोजना हुने इमर्जिङ कपको अघिल्लो संस्करण गत मार्चमा बंगलादेशमा भएको थियो । दुइ दिन सम्म भएको साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र एसीसीका विकास योजनाहरुका विषयमा छलफल भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest