इङल्यान्ड र वेस्ट इन्डिज बीचको डे नाइट टेस्ट भोलीबाट

इल्याण्डका क्रिकेटरले गुलावी रंङको वलका साथ पहिलो पटक आयोजना हुन लागेको डे नाइट टेस्ट क्रिकेट खेल्दा आफुहरुलाइ अध्यारोमा हाम फाले जस्तै हुने बताएका छन ।

इङल्यान्ड र वेस्ट इन्डिज बीचको डे नाइट टेस्ट भोली बाट सुरु हुदैछ । इङल्यान्डमा हुन लागेको यो पहिलो डे नाइट टेस्ट हो । अन्तराष्ट्रिय स्तरमा भने पांचौ पटक डे नाइट टेस्ट आयोजना हुदैछ । इङल्यान्डका केही खेलाडी संग मात्र गुलाबी रंगको वल खेलेको अनुभव छ । एजबस्टनमा पहिलो टेस्ट सुरु हुदा मुख्य आकर्षण नै यहि वल हुनेछ ।

इङल्यान्डका सिमर क्रिस वाकसले सांझको समयमा ब्याटिङमा समस्या हुन सक्ने बतँएका छन । वल निमार्ण कम्पनीले भने नया वल सवै किसिमको अवस्थामा उठाउन सहज हुन दाबी गरेको छ । विकेट किपर जोनी ब्रिस्टोले फिल्डिङ गर्ने टिमलाइ फाइदा हुन सक्ने बताएका छन । पहिलो पटक सन २०१५ नोभेम्बर अस्ट्रेलिया र न्युजील्यान्ड बीच डे नाइट टेस्ट भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest