इन्टर कन्टिनेन्टल कप, पहिलो दिनको खेल आयरल्याण्डको पक्षमा

आइसीसी इन्टर कन्टिनेन्टल कप अन्तर्गत नेदरल्याण्ड विरुद्धको खेलमा आयरल्याण्ड बलियो स्थितीमा पुगेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले पहिलो दिनको खेल सकिदा दुई विकेट गुमाउदै दुई सय ९२ रन बनाएको छ । ७५ रन हुदा पहिलो विकेट गुमाएको आयरल्याण्डले एक सय ४२ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । उसका लागि इड जोयसले ४३ रन बनाए भने कप्तान विलियम पोटरफिल्डले ६० रनको योगदान गरे । तर त्यसपछि एन्डी बेल्बिरीन र जोन एन्डरसनले तेस्रो विकेटका लागि एक सय ५० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए ।

जसमा एन्डी अविजीत एक सय ३० रनमा खेलिरहेका छन भने एन्डरसन ५७ रनमा अविजीत छन । प्रतियोगिताको अंक तालिकामा अफगानिस्तान शिर्ष स्थानमा छ । अफगान भन्दा एक अंकले पछि रहेको आयरल्याण्ड दोस्रो स्थानमा छ । यी दुई टिमले टेष्ट मान्यता पाइसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest