बाउन्स बल लागेका कारण पाकिस्तानी खेलाडीको निधन

बाउन्स बलका कारण पाकिस्तानी क्रिकेट जुबेर अहमेदको निधन भएको छ ।

पाकिस्तानको मर्दानमा घरेलु क्रिकेट खेल्ने क्रममा जुबेरको बाउन्स बल लागेर निधन भएको हो । क्रिकेटमा खेलाडीको सुरक्षाका विषयमा निकै लामो बहस भएपछि हेलमेट परिवर्तन गर्ने निर्णय गरेको करीव एक बर्षपछि क्रिकेट खेलकै क्रममा अर्को घटना भएको हो । अगष्ट १४ तारिखमा क्विटा वियर्सबाट खेलेका जुबेरको टाउकोको पछाडी तेज गतिमा आएको बाउन्स बल लागेको थियो । जसका कारण उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी क्रिकेट बोर्डले ट्विटर मार्फत जनाएको छ ।

यो समाचार अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरलाई जोस हेजलहुडको बाउन्स बल लागेको घटनाको दोस्रो दिन बाहिर आएको हो । वार्नरलाई पनि अभ्यास खेलमा जोसको बल लागेर मैदानमा लडेका थिए । उनलाई सामान्य चोट लागेपनि टिममा पर्ने नपर्ने टुङगो लागेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest