डच टिम विरुद्ध आयरल्याण्डको पकड

इन्टर कन्टिनेन्टल कप क्रिकेट अन्तर्गत नेदरल्याण्ड विरुद्धको खेलमा आयरल्याण्ड बलियो स्थितीमा रहेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले पहिलो पारीमा चार सय ७७ रन बनायो । ७५ रन हुदा पहिलो विकेट गुमाएको आयरल्याण्डले एक सय ४२ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । उसका लागि इड जोयसले ४३ रन बनाए भने कप्तान विलियम पोटरफिल्डले ६० रनको योगदान गरे । तर त्यसपछि एन्डी बेल्बिरीन र जोन एन्डरसनले तेस्रो विकेटका लागि एक सय ५० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए ।

जसमा एन्डीले अविजीत दुइ सय पाच रन बनाए भने एन्डरसनले ७४ रनको पारी खेले । प्रतियोगिताको अंक तालिकामा अफगानिस्तान शिर्ष स्थानमा छ । अफगान भन्दा एक अंकले पछि रहेको आयरल्याण्ड दोस्रो स्थानमा छ । यी दुई टिमले टेष्ट मान्यता पाइसकेका छन ।

जवाफमा पहिलो पारी सुरु गरेको नेदरल्याण्डसले एक सय ४० रन बनाउदा पाच विकेट गुमाउन पुग्यो । नौ रन हुदा पहिलो विकेट गुमाउएको डच टिमले थप एक रन पनि जोडन नपाउदै अर्को विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि ब्राक र बेन कुपरले ९० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्न प्रयास गरेका थिए । ब्राक ३२ रनमा पेभेलियन फर्किए । कुपर ८१ रनमा अविजीत छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest