वेष्ट इन्डिज विरुद्धको डे नाइट टेष्टमा इग्ल्याण्ड बलियो

वेष्ट इन्डिज विरुद्धको डे नाइट टेष्ट क्रिकेटमा इग्ल्याण्ड बलियो स्थितीमा पुगेको छ । पहिलो दिनको खेल सकिदा इग्ल्याण्डले तीन विकेट गुमाउदै तीन सय ४८ रन बनायो ।

ब्रमिङघममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डका लागि एलेस्टर कुक र कप्तान जोय रुटले वेष्ट इन्डिजका बलरलाई कमजोर बनाए । १४ रन हुदा पहिलो विकेट गुमाएको इग्ल्याण्डले ३९ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । तर कुक र रुट विच तेस्रो विकेटका लागि दुई सय ४८ रनको साझेदारी गर्दै बलियो स्थितीमा पुरयाए । रुट एक सय ३६ रनमा आउट हुदा कुक एक सय ५३ रनमा अविजीत रहेका छन । वेष्ट इन्डिजका लागि केमर रोचले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest