नेपाली यू–१९ टिमले तयारी थाल्यो, भारतबाट ब्याटिङ प्रशिक्षक ल्याउने तयारी

नेपालले, भदौ १९ देखी सुरु हुने एसीसी अन्डर नाइन्टिन इस्र्टन रिजनको छनौट खेलका लागि तयारी सुरु गरेको छ । प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २८ खेलाडीलाइ बोलाइएको छ । यो पटक नेपाली टिमको अभ्यास विषेशगरी ब्याटिङमा केन्द्रित हुनेछ । पछिल्लो पटक विश्वकप छनौट खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले यो पटक ब्याटिङ कन्सलट्यान्ट ल्याउने तयारी समेत गरेको छ ।

किर्तिपुर स्थित टियु मैदानमा सुरु बन्द प्रशिक्षणको पहिलो दिन शुक्रबार खेलाडीले सामान्य फिटनेशमा विताए । ग्राउन्ड स्टाफपनि, लामो समय देखी कुनैपनि प्रतियोगिता नभएपछि घांस उम्रिएको मैदानलाइ नाइन्टिन टिमका बन्द प्रशिक्षणका लागि तयार बनाउन लागि परेका छन । विनोद दासको प्रशिक्षणमा रहेको यो टिमलाइ अहिले सम्मकै उत्कृष्ट युवा टोली मानिएको छ । वलिङ र फिल्डिङमा अब्बल देखिएको टोली ब्याटिङमा कमजोर हुदा नेपालले अन्डर नाइन्टिन विश्वकपमा छनौट हुने अवसर गुमाएको थियो । त्यसैले यो पटकको तयारीमा ब्याटिङ पहिलो प्राथमिकतामा पर्ने बताइएको छ ।

नौ गते सम्म मलेसिया जाने फाइनल स्क्वाडको नाम सार्वजनिक गरिने त्यसपछि ब्याटिङ, वलिङ र फिल्डिङ छुट्याएर अभ्यास गरिने प्रशिक्षक दासले जानकारी दिए । विश्वकपमा नेपालको ब्याटिङलाइ डिजास्टारको संद्दा दिएका दासले ब्याटिङ कन्सलट्यान्ट ल्याउन एसीसी समक्ष प्रस्ताव गरेको बताएका छन । उनले कसलाइ ल्याउन लागिएको हो भन्ने बारे बताउन चाहेनन् । तर यसअघि नेपालको सिनियर टिम संग काम गरिसकेका मोन्टी देसाइ संग कुरा भइरहेको बुझिएको छ ।

नेपाली टिमको कुनै बैदेशिक भ्रमणको तालिका भने रहेको छैन् । विश्वकपमा हार बेहोरेपछि मानसिक रुपमा कमजोर बनेका खेलाडीले घरेलु क्रिकेट अस्तब्यस्त हुदा सुधार गर्ने अवसर नपाएकोमा दासले गुनासो गरे । नेपाली टिम संग परिस्थितीको सामना गर्नुको विकल्प नभएको भन्दै प्रशिक्षक दासले छनँैट खेलमा जीत हात पार्ने विश्वास ब्यक्त गरे । छनौट खेलमा नेपाल सहित मलेसिया, सिंगापुर , हङकङ, थाइल्यान्ड, भुटान र चीन छन । अरु टिमले भने एक महिना अघिदैखीनै तयारी सुरु गरिसकेका छन

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest