ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएई प्रस्थान

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएईको इमिरेट्स क्रिकेट ट्रेनिङ एकेडमीसग दुइपक्षीय टि–ट्वान्टी क्रिकेट सिरिज खेल्न दुबइ गएका छन ।

दुबईको अजमानमा हुने द्विपक्षीय सिरिजका लागि ग्रेट हिमालयका १५ सदसीय यू – १९ टोली युएई प्रस्थान गरेका हुन । जिएचसीएका टोलि आगामी २३ अगस्टसम्म हुने प्रतियोगिताका लागि युएइ जाने टोलीमा कप्तान असुतोष घिरिया,सोहम अर्याल,परिक्क्षित ढकाल,सौगात दंगाल,रमेश बहादुर खड्का,पुनित कुमार यादव,हर्ष बिक्रमअधिकारी,दिपेश पौडेल र विपिन उपाध्याय रहेका छन् । त्यस्तै टोलीमा अनुभव कार्की,अकुच अधिकारी,आदित्य महता,अबिशेष थापा मगर रहँदा प्रशिक्षकमा सुदिप शर्मार म्यानेजर तेजेन्द्र राजभण्डारी रहेका छन् । यसअघि एकेडमीले आफना खेलाडीहरुलाई बंगलादेश, भारत लगायतका राष्ट्रहरुको भ्रमणसमेत गराईसकेको छ ।

युएईमा रहँदा टोलीको खान,बस्न र जाने खर्च एकेडमी,परिवारको सदस्य र प्रायोजकबाट जुटाइएको एकेडेमीका अध्यक्ष सुदिप शर्माले बताए । टोलीले १९,२०,२१ र २२ तरिखमा गरेर चारवटा टि–ट्वान्टि खेल खेल्नेछ । दुवईमा गर्मि धेरै भएकाले खेलहरु साँझको समयमा हुने पनि शर्माले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest