वेष्ट इन्डिज विरुद्ध इग्ल्याण्ड भारी अन्तरले विजयी

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा इग्ल्याण्ड एक इनिङ र दुई सय नौ रनको भारी अन्तरले विजयी भएको छ ।

इग्ल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले पहिलो पारीमा पाच सय १४ रन बनाएको थियो । उसका लागि पुर्व कप्तान तथा ओपनर एलेस्टर कुकले दोहोरो सतक बनाए । चार सय सात बल खेलेका कुकले दुई सय ४३ रन बनाए । यो क्रममा उनले ३३ चौका प्रहार गरेका थिए । यस्तै कप्तान जोय रुटले एक सय ३६ रन जोडे ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र एक सय ६८ रनमा अलआउट हुदै फलोअनमा परयो । उसका लागि ब्ल्याकहुडले ७९ रन बनाउनु बाहेक बाकि खेलाडीले राम्रो खेल्न सकेनन । फलोअनमा परेपछि पुन ब्याटिङमा आएको वेष्ट इन्डिज दोस्रो पारीमा पनि मात्र एक सय ३७ रनमा अलआउट भएपछि इग्ल्याण्ड भारी अन्तरले विजयी भयो । दोस्रो पारीमा वेष्ट इन्डिजका कुनैपनि खेलाडीले ५० रन कटाउन सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest