पहिलो वन डेमा भारत विजयी, श्रृखंलामा १–०को अग्रता

ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ३२ रन बनाएपछि भारतले पहिलो वान–डे अन्तर्राष्ट्रियमा आइतबार श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ ।
कोहलीले टस जितेपछि ब्याटिङ गर्न आएको श्रीलंकाले पनि राम्रो स्कोर बनाउने लक्षण देखाएको थियो । निरोशान डिकवेला र दानुस्का गुनाथिलाकाले पहिलो विकेटमा ७४ रन जोडे । एक समय १३९–१ को स्थितिमा रहेको श्रीलंकाले त्यसपछि ७७ रनमा बाँकी ९ विकेट गुमाएको थियो ।

डिकवेलाले सर्वाधिक ६४ रन बनाउँदै कुशल मेन्डिससँग दोस्रो विकेटमा ६५ रन जोडेका थिए । मेन्डिसले ३६ रन जोडे । गुनाथिलाका ३५ रनमा आउट भएका थिए । आफ्नो अगाडि लगातार विकेट झरिरहेपछि एन्जेलो म्याथ्युज ३५ रनमा नटआउट रहन बाध्य भए । भारतका अक्षर पटेलले ३ तथा जसप्रीति बुमराह, केदार जादव र युजभेन्द्र चाहलले २–२ विकेट लिए ।

भारतले २ सय १७ रनको लक्ष्य २९ ओभरभित्र पूरा गर्यो । देब्रेहाते ब्याट्सम्यान धवनले वान–डे अन्तर्राष्ट्रियमा आफ्नो ११ औं शतक बनाए । कप्तान विराट कोहली ७० बलमा ८२ रन बनाई नटआउट रहे । यी दुईले दोस्रो विकेटमा १ सय ९७ रनको साझेदारी गरे । भारतले भर्खरै सम्पन्न टेस्ट शृंखलामा पनि श्रीलंकालाई सजिलै ३–० ले ‘ह्वाइटवास’ गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest