राष्ट्रिय टिमको तयारी भदौ २२ देखि

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली टिमले भदौ २२ गतेबाट तयारी सुरु गर्ने भएको छ ।

अक्टोबर १३ र १५ तारिखमा हङकङमा हुने खेलका लागि नेपाली टिमले भदौको तेस्रो साता देखि तयारी सुरु गर्ने भएको हो । प्रतियोगिताका लागि सुरुवातमा २५ खेलाडी प्रशिक्षणमा बोलाइएको छ । यसअघि केन्या विरुद्ध टिममा रहेका अधिकांस खेलाडी हाल प्रशिक्षणमा बोलाइएको छ भने केहि अन्डर नाइन्टिन खेलाडी पनि रहेका छन ।

यसपटक चोटका कारण टिममा पर्न नसकेका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि कमब्याक गरेका छन । यसअघि पोखरामा क्याम्प राख्ने सोचमा टिम रहेपनि अन्तत काठमाडौमा नै बन्द प्रशिक्षण राखिने भएको छ । सुरुवातमा फिटनेस र त्यसपछि केहि अभ्यास खेल पछि टिमको दोस्रो चरणको नामावली सार्वजनिक हुनेछ । हाल अन्डर नाइन्टिन टिम बन्द प्रशिक्षणमा हुदा दुबै टिमको अभ्यास तालिका समायोजन गर्नुपर्ने देखिएको छ । प्रतियोगितामा नेपालले १० खेलबाट आठ अंक बनाएको छ भने हङकङको ११ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest