आठ बर्षपछि पाकिस्तानमा तीन वटा प्रतियोगिता हुने

सन् २००९ मा श्रीलंकन खेलाडीमाथि भएको आतंककारी हमलापछि पाकिस्तानले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नाजाम साठीले गएराति लाहोरमा पत्रकार सम्मेलन गर्दै आठ बर्षपछि पाकिस्तानी भुमिमा तीन वटा अन्तराष्ट्रिय प्रतियोगिता हुने बताए । सुरक्षाको मुख्य चुनौती रहेको पाकिस्तानमा अर्को महिना जिम्वावेका पुर्व कप्तान एन्डी फलावरको कप्तानीमा विश्व ११ टिमले तीन वटा ट्वान्टी ट्वान्टी खेल खेल्नेछ । यसका लागि विश्वका उत्कृष्ट टेष्ट खेलाडीको सहभागिता रहने बताइएको छ । तर पनि टिमको घोषणा यो साताको अन्तिममा हुनेछ । त्यसपछि अक्टोबरमा श्रीलंकाले पाकिस्तान भ्रमण गर्नेछ । टेष्ट, एकदिवसिय र ट्वान्टी ट्वान्टी खेलका लागि श्रीलंकाले पाकिस्तान भ्रमण गर्नेछ ।

जसमा श्रीलंकाले ट्वान्टी ट्वान्टी खेल पाकिस्तानमा खेल्नेछ । नोवेम्बर महिनामा वेष्ट इन्डिजले तीन ट्वान्टी ट्वान्टी खेलका लागि पाकिस्तान पुग्नेछ । तीन वटा श्रृखला अगाडी आइसीसीको सुरक्षा काउन्सिलका टिमले पाकिस्तानको भ्रमण गरेर सुरक्षासम्बन्धी प्रतिवेदन तयार पार्नेछ । २००९ मा श्रीलंका टिम बोकेको बसमा आतंककारी आक्रमण भएपछि आइसीसीले पाकिस्तानमा क्रिकेट प्रतियोगिता गर्न बन्द गरेको थियो । सो बेला छ खेलाडी र आठ सर्वसाधारण घाइते भएका थिए भने ६ जना प्रहरीलेको ज्यान गएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest