गेल र स्यामुयल पुन टिममा, वेष्ट इन्डिजलाइ राहतको स्वास

इग्ल्याण्ड विरुद्धको एक दिवसिय श्रृखलाका लागि वेष्ट इन्जिडले क्रिस गेल र मार्लोन स्यामुयललाई टिममा बोलाएको छ ।

वेष्ट इन्डिज क्रिकेट बोर्डसंगको मनमुटावका कारण गेलले २०१५ देखि एकदिवसिय खेल खेलेका छैनन भने स्यामुयलले २०१६बाट टिममा छैनन । यसअघि गेललाई घरेलु प्रतियोगितामा सहभागिता नभएको भन्दै बोर्डले टिममा राख्न अस्विकार गरेको थियो । जसका कारण गेल र बोर्ड विच मनमुटाव भएको थियो । यस्तै मार्लोनले पनि बोर्डसंग असन्तुष्टी जनाउदै अरु प्रतियोगितामा ब्यस्त बनेका थिए ।

इग्ल्याण्ड विरुद्ध पहिलो टेष्टमा भारी अन्तरले पराजित भएपछि एकदिवसिय खेलका लागि तीन खेलाडीलाई स्थान दिइएको छ । यसका साथै डारेन ब्राभोलाई बोर्डले प्रतिबन्ध लगाएपछि टिममा छैनन भने ड्वायन ब्राभो चोटग्रस्त छन । जोरोमे टेलरपनि २०१६ को जुन महिनापछि पुन टिममा समावेश गरिएको छ । तीन खेलाडी टिममा आएपछि वेष्ट इन्डिजलाई केहि राहत भएको छ । हालको टिमबाट रोस्टान चेज बाहिर भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest