क्यानको विशेष साधारण सभा सुरु, बरियताक्रम नभएको भन्दै मैनालीद्धारा बहिस्कार

नेपाल क्रिकेट संघको नया विधान पारित गर्नका लागि आज देखि नेपाल क्रिकेट संघको विशेष साधारण सभा सुरु भएको छ । झण्डै डेढ बर्ष अगाडी क्रिकेटको आन्तरीक विवादका कारण आइसीसीको निलम्बनमा परेको क्यानले यो साधारण सभापछि नया बाटो समात्ने विश्वास लिइएको छ ।

गुट उपगुट भएपछि दुई वटा क्यान नेपालमा अस्तित्वमा रहदा आइसीसीले प्रत्यक्ष हस्तक्षप गर्दै नेपाल क्रिकेटलाई करीव डेढ बर्ष अगाडी निलम्बनमा गएको थियो । सो बेला निर्वाचित क्यानलाई राष्ट्रिय खेलकुद परिषदले अमान्य गरेपछि तदर्थ समिती गठन गरेको थियो । लामो समयको छलफल र चौतर्फि अन्योलता पछि आइसीसीको पहलमा नया विधान तयार पारिएको हो । सोहि विधानलाई विशेष साधारण सभाबाट पारित गर्न यो कार्यक्रम आयोजना गरिएको हो । साधारण सभा भएपनि विधान पारिन हुनेमा भने अझै दुई मत देखिएको छ । किनकी आइसीसीलाई विधान ड्राफट गर्दा नै निर्वाचित कमिटीका पदाधिकारीले असन्तुष्टी राखेका थिए ।

के के मा असन्तुष्ट छन पदाधिकारी

जिल्ला र क्षेत्रका पदाधिकारीले पनि विधानको २३ नम्वर बुधामा असन्तुष्टी देखाएका छन । सो बुधामा संघको सदस्यता लिन के के आवश्यक छ भन्ने कुरा राखिएको छ । जसमा क्रिकेट खेलाडीलाई सदस्यता दिन विगत तीन बर्षमा राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु कम्तिमा तीन वटा खेलेको हुनुपर्ने उल्लेख छ । यस्तै रेफ्रका हकमा पनि एसीसी र आइसीसीद्धारा मान्यता प्राप्त एक श्रेणीको प्रमाण पत्र हुनुपर्ने राखिएको छ । यसका साथै सदस्यता लिन लाग्ने सुल्कका विषयमा पनि पदाधीकारी विच विवाद देखिएको छ । यसमा ब्यक्तिगत साधारण सदस्यले एक हजार र सस्थागत सदस्यले पाच हजार तोक्नुपर्ने बताइएको छ । तर जिल्ला र क्षेत्रका पदाधिकारीले भने यो अधिकार जिल्लाहरुलाई नै दिने भनेर अडान लिएका छन । यस्तै केन्द्रिय साधारण सभाको गठनमा पनि दुई मत देखिएको छ । केन्द्रीय कार्यसमितीले बढीमा तीन सस्थागत प्रतिनिधीलाई केन्द्रिय साधारण सभामा मताधिकार विना परिवक्षेकका रुपमा भाग लिन पाउने विषयमा राष्ट्रिय खेलकुद परिषदका साथै कार्यसमितीका केहि पदाधिकारी असन्तुष्ट बनेका छन ।


हरौ के के छ २३ बुधामा




बरिष्ट उपाध्यक्ष विनोद मैनालीद्धारा बहिस्कार

नेपाल क्रिकेटको निकासको आशा गरिएपनि उदघाटन समारोहमा नै कार्यसमितीका बरिष्ट उपाध्यक्ष विनोद मैनालीले बहिस्कार गरेका थिए । कार्यसमितीको बरियता अनुसार कार्यक्रम नचलाएको र कांग्रेसीको सभा जस्तो गरि कार्यक्रम चलाएको मैनालीको आरोप थियो । आफु भन्दा तल्लो बरियताका पदाधिकारीलाई मञ्चमा बोलाएको तर आफुलाई पछि मात्र आसनग्रहण गर्न बोलाएको भन्दै मैनालीले मञ्चमा गएनन । उदघोषकले दुई पटक मञ्चमा बस्न आग्रह गरेपनि उनले बहिस्कार गर्दै कार्यक्रम हलबाट बाहिरीएका थिए । क्रिकनेपालसंग कुरा गर्दै उनले भने हामीले कति कम्प्रमाइज गर्ने, राम्रो होला भनेर जहिले पनि सहमती गरियो । अब नया निकासका लागि अगाडी बढिरहदा अझैपनि अध्यक्ष चतुरबहादुर चन्दको मनमा लालची बाकि रहेको बताए । साथै उनले अहिलेदेखि नै कांग्रेसिको भेला जस्तै देखिए भविष्यमा हामीले क्रिकेटले कसरी निकास पाउन सकिन्छ होला र । स्मरण होस मैनाली राष्ट्रिय खेलकुद परिषदका सदस्यका साथै क्यानका बरिष्ट उपाध्यक्ष हुन । साथै उनले नया विधानका बारेमा सबै कुरा मिलेपनि तीन वटा बुधामा असन्तुष्ट रहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest