गुलरिया क्रिकेट मैदान प्रदेश स्तरीय बनाइने

घोराही उपमहानगरपालिकाले गुलरियामा रहेको क्रिकेट मैदानलाई प्रदेश स्तरीय मैदानका रुपमा विस्तार गर्ने भएको छ ।

उपमहानगरपालिकाको पहिलो नगरसभाबाट सो मैदानलाई प्रदेश स्तरीय बनाउने भनी निती तथा कार्यक्रममा समावेश गरेको छ । युवा तथा खेलकुद विकाश तर्फ क्रिकेट खेलको विकाशका लागि गुलरियालको खेल मैदानलाई प्रदेश स्तरीयका रुपमा अगाडी बढाउने प्रक्रिया पनि थालेको छ । साथै सभाले क्रिकेट खेललाई प्रोत्साहित गर्न क्रिकेट एकेडेमीको कार्यलाई लगात सहभागिताका आधारमा अघि बढाउने गरि योजना तयार पारिएको छ ।

साथै नगरले घोराहीमा राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने फुटबल मैदानसंगै प्रत्यक वडामा एक एक खेल मैदान बनाउन पनि योजना बनाएको छ । विभिन्न खेलका प्रतिभावान खेलाडीको क्षमता अभिबृद्धी गरी अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने, खेलकुदको विकाश गर्न विधयालय स्तरबाटै प्रतियोगिता सञ्चालन गर्ने र उत्कृष्टलाई पुरस्कार सहित छात्रबृतीको ब्यवस्था गरिने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest