विधान संसोधन गर्नु नेपाली क्रिकेटका लागि घाटाको निर्णय- विनयराज पाण्डे

काठमाडौं – नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको सल्लाहकार समितिका सयोजक बिनयराज पाण्डेले बिधान संशोधन हुनु नेपाली क्रिकेटको भविश्यका लागि ठीक नहुने बताएका छन ।

सल्लाहकार समितिले पारित गर्ने बिधानमा हेरफेर गर्दा नेपाली क्रिकेट पहिलेकै अवस्थामा पुग्ने चेतावनी पनि पाण्डेले दिए । तर, सल्लाहकार समितिमा फरक मत देखिएको अहिलेको कार्यसमितिलाई मताधिकार दिने विषयमा बिधान संशोधन गरी १७ सदस्यीय निर्वाचित कार्यसमितिले उम्मेदवार बन्न पाउने गरी संशोधन गरिएको छ । अन्य विषयमा भने सल्लाहकार समितिमै सहमति जनाए पनि साधारणसभामा संशोधन गरिएकोमा पनि पाण्डेले आश्चर्य व्यक्त गरे ।

Binaya Raj Pandey

क्यानका पदाधिकारीका लागि तोकिएको शैक्षिक मापदण्ड पनि संशोधन गरिएकोप्रति प्रतिक्रिया दिँदै पाण्डेले यसअघिका कार्यकालमा क्यानको नेतृत्व र आईसीसीका प्रतिनिधिसँगको सञ्चार प्रभावकारी नभएको हामीले समितिमा छलफल गर्यौं र उहाँहरुकै सहमतिमा नयाँ प्रावधान राखिएको हो ।

प्रस्तावित बिधानमा क्यानका अध्यक्ष, महासचिव र कोषाध्यक्षले कम्तिमा स्नातक उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान छ । यसअघि क्यानले आइसीसीलाई ८० हजार डलर बुझाउनुपरेको घटनामा क्यानका पदाधिकारीले अंग्रेजी नवुझेको चर्चा चलेको थियो । क्यानका पूर्वअध्यक्षसमेत रहेका पाण्डेले क्यानले संशोधित विधान स्वीकृति गर्नसक्ने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest