भारतको रोमाञ्चक जित

भारतले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै शृंखलामा २-० को अग्रता बनाएको छ । श्रीलंकाका अकिला धनन्जयले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ५४ रन खर्चेर ६ विकेट लिए पनि त्यो जितको लागि पर्याप्त भएन ।

श्रीलंकाले पहिलो इनिङ्समा ८ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्‍यो । मध्यक्रमका ब्याट्सम्यान मिलिन्दा सिरिवार्दनाले सर्वाधिक ५८ रन र चमारा कापूगेदाराले ४० रन जोडे । भारतका जस्प्रित बुमराहले ४ विकेट लिए ।
वर्षाका कारण भारतले ४७ ओभरमा २ सय ३१ रनको लक्ष्य पायो । एक समय बिना कुनै विकेट १ सय ९ रनमा खेलिरहेको भारत ३२ रनमा ७ विकेट गुमाएपछि समस्यामा पर्‍यो । धनन्जयले एकै ओभरमा केदार जाधव, विराट कोहली र केएल राहुललाई पेभेलियन फर्काएका थिए । आठौं विकेटका लागि महेन्द्रसिंह धोनी र भुवनेश्वर कुमारले अविजित १ सय रनको साझेदारी गरेपछि भारतले जित हात पार्‍यो । धोनी ४५ रन र भुवनेश्वर ५३ रनमा अविजित रहे । शृंखलाको तेस्रो खेल आइतबार सोही मैदानमा खेलिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest