सन्दिपको स्थानमा दिपेन्द्र कप्तान,

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ प्रतियोगिताको लागि नेपाली टिमको अन्तिम छनौट गरिएको छ । सन्दिप लामिछानेको स्थानमा दिपेन्द्र ऐरीलाई कप्तान घोषणा गरिएको छ ।

सन्दिपले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए पनि यु-१९ बिश्वकप छनौटमा नतिजा र कप्तानीको कारणले आलोचित बनेका थिए । घोषणा गरिएको १४ जना टिममा यु-१९ एसिया बिश्वकप छनौट टिममा रहेका प्रकास केसी, रिजन ढकाल, ललित राजबंशी र आदील खान योपालि टिममा रहने छैनन् । २०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमको कप्तानी गरेका तथा काठमाडौँ गोल्डेनसको लागि धनगढी प्रिमियर लिगमा राम्रो खेलेका सुमित महर्जनले अन्तिम १४ मा नाम लेखाएका छन् । यस्तै यो बर्ष रुस्लान कपमा राम्रो लेग स्पिन बलिंग गर्दै चर्चा कमाएका बिक्रम भुसाल पनि टिममा छन् ।

घाइते भएका कारण बिश्व कप छनौटमा टिममा स्थान बनाउन नसकेका तिब्र गति बलर नन्दन यादबले टिममा कमब्याक गरेका छन् जो गत बर्ष श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा टिममा थिए l यस्तै बिश्व कप छनौटमा अन्तिम १८ मा रहेका ब्याट्सम्यान सन्दिप जोराले पनि टिममा स्थान बनाएका छन् । यु-१९ बिश्वकपमा खराब प्रदर्शन गरेपनि बन्दसत्रमा राम्रो प्रदर्शन गरेपछि आसिफ शेख पुनः टिममा अटाएका छन् । अर्का ओपनर सन्दिप सुनार, प्रनित थापा, अनिल साह, पवन सर्राफ , रोहित पौडेल, किशोर महतो टिममा यथावत रहेका छन् ।

कमल सिंह ऐरी, ललित राजबंशी , प्रकाश केसी र रिजन ढकाललाई बैकल्पित खेलाडीको सुचीमा राखिएको छ । टिमको छनौट रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा र यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक बिनोद दासले गरेका हुन् । छनौट गर्न २८ जना खेलाडीहरुलाई १ साता बन्दसत्रमा राखी अभ्यास खेलहरु खेलाईएको थियो ।

यी हुन् १४ खेलाडी :-
दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest